काठमाडौं । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई भुटानले ४० रनको विजयी लक्ष्य दिएको छ ।
मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा नेपालले टस जितेर भुटानलाई ब्याटिङका लागि निम्तो दिएको थियो । भुटानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ३९ रन मात्र बनाउन सक्यो ।
नेपाल लगातार तेस्रो खेलमा जित हात पार्ने दाउमा छ । यसअघि नेपालले आयोजक मलेसिया र बहराइनलाई हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाल पछिल्लो दुई खेलबाट चार अङ्क बनाउँदै दोस्रो स्थानमा छ ।