जनकपुरधाम । एसिया कप-२०२३ अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधाम उपमहानगरले दिउसो २ बजे पछी बिधालयमा विदा दिने निर्णय गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका कार्यालयले आइतबार एक सूचना जारी गर्दै आज दिउँसो २ बजेदेखि सामुदायिक तथा संस्थागत विद्यालय बन्द दिन निर्देशन दिएको हो ।
आज नेपाल र भारतबीचको एसिया कप समूह ए को अन्तिम खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको क्यान्डीमा हुँदैछ ।