काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र युएई बीचको खेल वर्षाका कारण प्रभावित बनेको छ । यस्तै कतार र मलेसिया तथा भुटान र बहराइनबीचको खेल पनि वर्षाका कारण सुर हुन सकेको छैन । तीनवटै खेलको टससमेत हुनसकेको छैन ।
प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । लगातार चौथो जित निकालेको नेपालका लागि आजको खेल महत्त्वपूर्ण मानिएको छ । आजको खेल जिते नेपाल समूह विजेता बन्ने छ ।