काठमाडौं । मलेसियामा जारी महिला टी-२० विश्वकपको एसियाली छनोटबाट नेपाल बाहिरिएको छ ।
शुक्रबार बिहान भएको खेलमा थाइल्यान्ड सँग पराजित भए सँगै नेपाल बाहिरिएको हो । थाइल्यान्डले नेपाललाई ४६ रनले पराजित गरेको हो । थाइल्यान्डले नेपाललाई १०८ रनको लक्ष्य दिएको थियो ।
नेपालले १९।३ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र गर्न सफल भयो। जितसँगै थाइल्यान्ड विश्वकपको विश्वस्तरको छनोटमा पुगेको छ । थाइल्यान्डले सन २०२० मा विश्वकप खेलेको थियो।