काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्किएको छ।
एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पराजित भए संगै नेपाल छोनट बाट बाहिरिएको हो । नेपाली टिम आज बिहान स्वदेश फर्किएको हो।
समूह ‘ए’ मा उपविजेता बन्दै सेमिफाइनल पुगेको नेपालले थाइल्यान्डसँग ४६ रनको हार बेहारेको थियो ।