काठमाडौं । एसिया कप अन्तर्गत सुपर-४ को खेलमा पाकिस्तानलाई भारतले ३५७ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २ विकेटको क्षतिमा ३५६ रन बनाएको हो । भारतका लागि विराट कोहली र केएल राहुलले शतक पूरा गरेका छन् ।
आइतबार वर्षाले रोकिएको खेल सोमबार पुन: सुरु भएको हो ।