काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते हुने भएको छ ।
नेपाल क्रिकेट सङ्घ क्यानले आज सूचना जारी गर्दै अधिवेशन नयाँ बानेश्वरको एभरेष्ट होटलमा हुने जनाएको छ । क्यानको आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले नै दोहोरिने तयारी गरेका छन ।
अधिवेशनमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य, प्रादेशिक क्रिकेट सङ्घ, जिल्ला क्रिकेट सङ्घ, नेपाल अम्पायर्स तथा कोरर्स सङ्घ र नेपाल क्रिकेट प्रशिक्षक सङ्घबाट चयन भएका प्रतिनिधिहरूले भाग लिन पाउने ब्यवस्था छ ।