काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिको मन्त्रिपरिषद बैठकले खेलाडीहरूको घोषित पुरस्कार रकम निकासा गर्ने बताएका छन ।
१९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई आज सफलताको शुभकामना दिँदै बिदाइको क्रममा यस्तो बताएका हुन ।
उनले भने, ‘केही प्राविधिक, केही नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गर्न चाहन्छु । भोलिको क्याबिनेटबाट सबै पैसा निकासा हुन्छ ।’