
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम हाल सम्म पनि नपाएको बताएका छन् ।
एसियाड गेममा भाग लिन चीन उड्नुअघि आज बिदाइ कार्यक्रमपछि पत्रकारहरु संगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले सञ्चारकर्मीहरूसँग बोलै घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका छन् ।