२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । फुटपाथ व्यवसायीलाई अमानवीय तरिकाले हटाइएको विरोधमा शान्तिपुर्ण विरोध जनाइरहेका अभियन्ता ‘ई’ लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डङ्गोलले पुगेकी छन् ।

अभियन्ता ‘ई’ ले राष्ट्रिय सभा गृह अगाडि उभिएर विरोध जनाइरहेका छन । भेटन पुगेकी उपमेयर डङ्गोलले फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहने बताए ।

भेट पछी ‘ई’ ले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् । : ‘१६५ घण्टापछि उपमेयर आएर भेट्नुभयो। मेरो स्वास्थ्य अवस्था बुझ्दै सुस्वास्थ्यको कामना पनि गर्नुभयो,’ ‘फुटपाथ व्यवसायीहरूलाई विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको बताउनुभयो ।’ अभियन्ता ‘ई’ एक हप्तादेखि राष्ट्रियसभा गृह अगाडि उभिरहेका छन् । महानगरले सडक पेटीमा व्यापार निषेध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।