२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । फुटपाथ व्यवसायी माथि काठमाडौं महानगरपालिकाले गरेको व्यवहारको विरुद्ध राष्ट्रिय सभा गृह अगाडि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् ।

महानगर विरुद्धई: विगत एक हप्ता देखि त्यहा शान्तिपुर्ण आन्दोलन उभिएर गरिरहेका छन् । सोही क्रममा पूर्वउपप्रधानमन्त्री थापा र पूर्वमन्त्री पाण्डे ईःसँगै केहीबेर उभिएका हुन् ।

Vivo Y28
Daraz

थापाले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ ।’

यस्तै पूर्वअर्थमन्त्री पाण्डेले बोकेको प्लेकार्डमा लेखिएको ‘सडक–साइकल–गाडा–परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर । विकल्प देऊ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।