
काठमाडौँ । भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ घर भएका ८० वर्षीय छेन्चा दोर्जेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। सोमबार वृद्ध भत्ता लिन जाँदा उनी भीरबाट लडेर घाइते दोर्जेलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ ल्याइएको हो।
यस्तै, दाङको लमही नगरपालिका वडा नम्बर ९ स्थित महेन्द्र राजमार्गमा काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुवाहक बस आज बिहान ५ः४५ मा अनियन्त्रित भई दुर्घटना भएको थियो। उक्त दुर्घटनाका घाइते भएकाहरूको नेपाली सेनाले उद्धार गरी नेपालगञ्ज अस्पताल लगिएको जनाएको छ ।
