
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप खेल्न पाकिस्तानी टोली भारत पुगेको छ । पाकिस्तानी टोली बुधबार राति भारतको हैदराबाद पुगेको हो । पाकिस्तानी खेलाडीलाई कडा सुरक्षा ब्यवस्थाबीच विमानस्थलबाट होटेलसम्म पुर्याइएको थियो । क्रिकेट खेल्न ७ वर्षपछि भारतीय भूमिमा पाकिस्तानी टोली पुगेको हो ।
विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म भारतमा आयोजना हुँदैछ । यसअघि पाकिस्तानले सन २०१६ को मार्च ८ देखि अप्रिल ३ सम्म भारतमा आयोजना भएको आईसीसी टी—२० विश्वकप खेलेको थियो ।
