काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत बङ्लादेश र न्युजिल्यान्ड भिड्दैछन्। न्युजिल्यान्ड दुई खेलमा ४ अङ्ककासाथ तालिकाको दोस्रो स्थानमा छ ।
बङ्लादेश दुई खेलमा दुई अङ्ककासाथ छैटौँ स्थानमा छ । न्युजिल्यान्डले पहिलो खेलमा इङ्ल्यान्डलाई ९ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ९९ रनले हराएको थियो ।
चेन्नईमा आज दिउँसो २ बजे खेल सुरु हुने छ ।