काठमाडौँ । आइसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र इङल्याण्डको खेल हुदैछ। भारतको दिल्लीस्थित अरुण जेटली स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार सवा २ बजे सुरु हुने छ।
अफगानिस्तानले आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ। इङल्याण्डले आफ्ना दुई मध्ये एक खेलमा जित र एक हार बेहोरेको छ।