काठमाडौं । भारतीय दूतावास काठमाडौंले नेपाली क्रिकेट टोलीलाई खेल सामाग्री हस्तान्तरण गरेको छ ।
कप्तान रोहित पौडेल नेतृत्वको नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई भारतीय राजदूत नवीन श्रीवास्तवले सरिन स्पोर्ट्सबाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेका हुन् ।
आज कार्यक्रम का बीच नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई राजदुत श्रीवास्तवले हस्तान्तरण गरेका हुन ।