काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेको पुनरागमनसँगै टिम ब्यालेन्स भएको बताएका छन ।
भोलि देखि हुने टी-२० विश्पकपको एसिया छनोटको एक दिन अघि आज आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले यस्तो बताएका हुन । उनले भने , ‘स्याण्डी दाइ आएपछि टिम एकदमै ब्यालेन्स भएको छ, बलिङ स्ट्रोङ भएको छ ।’