काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल खेलका लागि प्रभावशाली दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किएका छन् ।
सिंगापुरविरुद्धको पहिलो खेलअघि नै दीपेन्द्र घाइते भएका थिए । नेपालले अहिले जारी मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग सेमिफाइनल खेल खेल्दैछ ।
सिंगापुरविरुद्धको खेल सुरु हुनुअघि उनी अभ्यासका क्रममा घाइते भएका थिए ।