काठमाडौँ । ओमान सन २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । आज र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो ।
बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा ग¥यो । ओमानले फाइनल नेपाल सँग खेल्नेछ । फाइनलमा पुग्दै दुवै टोली विश्वकपमा छनोट भएको छ ।
यसअघि बहराइनले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन मात्रै बनाउन सक्यो ।