२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आफुले दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । उनलेे आज एक सूचना जारी गर्दै अभिव्यक्ति फिर्ता लिएको बताए ।

उनले केहि दिन अघि कलैया उपमहानगरपालिका -६ मा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकार हत्या प्रकरणमा पत्रकारहरु संग बोल्दै नागरिक को आचरण माथि ढावा पुग्ने गरि अभिव्यक्ति दिएका थिए । उनले प्रहरी को अनुसन्धान नसकिदै बारा बासी लाई आचरण सुधार गर्नु पर्ने सङ्या दिएका थिए । प्रमुख जिल्ला अधिकारी को उक्त अभिव्यक्ति आम नागरिक देखि संचारमाध्यममा व्यापक आलोचना भएको थियो ।

Vivo Y28
Daraz

आलोचना भए पछी शुक्रबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नगरिक प्रति भएको दु:ख लाई मध्यनजर गर्दै अभिव्यक्ति फिर्ता लिएको जनाएको छ ।

उक्त सुचनामा , ” प्रस्तुत विषयमा कात्तिक १३ गते बाल एकता बोर्डिङ्ग स्कूलका प्रिन्सिपल रुपेश कुमार स्वर्णकारको अज्ञात व्यक्तिहरुबाट गोली हानी हत्या भएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारीले मिडियासंग प्रस्तुत गर्नु भएको निज रुपेश कुमार स्वर्णकार र निजि विद्यालय संचालक, बाराबासी जनतामा पर्न गएको दुःखलाई मध्यनजर गर्दै उक्त विवरण फिर्ता लिँदै कडाइका साथ अनुसन्धान गरी सो घटनाको यथार्थ विवरण यथासक्य चाँडो जानकारी गराइने व्यहोरा जानकारी गराइन्छ ।” उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।