काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले विभिन्न क्रिकेट प्रतियोगितामा खेलाडीलाई घोषणा गरेका पुरस्कार रकम निकासा भएको छ । विभिन्न तीन वटा कपमा सहभागी नेपाली त्रिक्रेट टोलीलाई सरकारले दिने भनेको एक करोड ५७ लाख ५० हजार बराबर प्रोत्साहन पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
गत वैशाख ५ देखि १८ गतेसम्म चलेको एसीसी मेन्स प्रिमियर कपका लागि ७९ लाख र गत वैशाख २० गते बसेको मन्त्रिपरिषद बैठकले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६लाख र अन्य टिम अफिसीयललाई जनही तीन लाख प्रोत्साहन स्वरूप उपलब्ध गराउने निर्णय गरेको रकम निकासा भएको छ त्यस्तै गत फागुन १२ देखि १८ गतेसम्म सञ्चालन भएको आइसीसी अण्डर-१९ मेन्स सिडब्लुसी-एसिया क्वालिफायरका लागि ४६ लाख र गत फागुन २७ देखि चैत २ गतेसम्म चलेको आइसिसी सिडब्लुसी लिग-२ को ३२ लाख ५० हजार रकम निकासा भएको छ ।