२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ ।  जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ।

जिल्लाको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आज बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

शुक्रबार राति ११ः४७ बजे रामीडाँडा केन्द्रबिन्दु बनाएर ६।४ म्याग्नेच्युडको भूकम्प गएयता सोही स्थानलाई केन्द्रबिन्दु बनाई आधा दर्जन बढी पराकम्पनहरू गइरहेका छन्।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोही राति १२ः०८ बजे ४.५ म्याग्नेच्युडको, १२ः२९ बजे ४।२ म्याग्नेच्युडको, १२ः३५ बजे ४।३ म्याग्नेच्युडको, शनिबार बिहान ४ः१६ बजे ४.६ म्याग्नेच्युडको, शनिबार दिउँसो ३ः४० बजे ४.२ म्याग्नेच्युडको, आइतबार बिहान १ः२२ बजे ४ म्याग्नेच्युडको र आजै बिहान ४ः५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।