
काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमान लाई नेपालले १८५ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले आफ्नो २० ओभर पूरा गर्दै ६ विकेट को क्षतिमा १८४ रन बनाएको थियो ।
