
काठमाडौं । एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा भारत पुगेको छ । न्युजिल्यान्डलाई ७० रनले हराउँदै घरेलु टोली भारत फाइनलमा पुगेको हो ।
बुधवार वंखेडेमा भएको सेमिफाइनलमा भारतले ३ सय ९८ रनको लक्ष्य दिएको थियो । न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन जोड्यो ।
