काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेले आफू राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन्। उनले नेपाल क्रिकेट संघ ‘क्यान’ लाई पत्र लेख्दै अलग भएको बताएका छन् ।
उनले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै बलात्कार मुद्दामा दोषी ठहर भएपछि आफू न्याय नपाएसम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन्।
उनले पठाएको पत्रमा आफू जिन्दगीकै कठिन समयबाट गुज्रिरहेको भन्दै दुई पेज लामो पत्र क्यानलाई लेख्दै क्यानले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग भएको जनाएका छन्।
आर्थिक रुपम समेत आफू कमजोर अवस्थामा रहेको भन्दै आफ्नो भुक्तानी समेत गर्दिनका लागि क्यानसँग आग्रह गरेका छन्।