काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ ।
आज छापावाल सुनको प्रतितोला ६ सयले बढेर १ लाख १९ हजार २ सय र तेजावी सुन १ लाख १८ हजार ६५० मा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।