काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कोशी प्रदेश विरुद्ध ९ विकेटले त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
कोशीले दिएको ८९ रनको झिनो लक्ष्य आर्मीले ९.५ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो।
मुलपानी मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमै अलआउट भयो।