काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्दै मधेश प्रदेश विजयी भएको छ ।
यो जित सङ्गै मधेसको दोस्रो जित हो भने एपिएफको पहिलो हार हो। एपिएफले दिएको २४७ रनको लक्ष्य ५ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गर्दै जित निकालेको हो।