काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी अभिनाश बोहराको हातको शल्यक्रिया सफल भएको छ । बिहीबार प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपीएफ क्लब बाट खेलेका बोहरा ब्याटिङ गर्ने क्रममा वायाँ हातको हत्केलामा चोट लागेको थियो । उक्त चोटपछि उनी वयोधा अस्पताल बल्खुमा उपचार गराउन पुगेका थिए ।
बिहीबार नै उनको शल्यक्रिया भएको छ । नेपाल एपीएफ क्लबका म्यानेजर (व्यवस्थापक) राजेश श्रेष्ठले अभिनाश अब एक महिना मैदान बाहिर रहने जानकारी दिएका छ्न ।