काठमाडौं । यु-१९ विश्वकप क्रिकेटमा नेपाल न्युजिल्यान्डसँंग पराजित भएको छ । आज भएको पहिलो खेलमा न्युजिल्यान्डसँंग नेपाल ६४ रनले पराजित भएको हो।
न्युजिल्याण्डले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । न्युजिल्यान्डले दिएको ३०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो ।