काठमाडौं । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जारी खेल केही बेर अवरुद्ध भएको छ ।
जबर्जस्ती करणी मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाएका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय खेल मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहँदा दर्शकले ब्यानर र नारा लगाएका थिए।
समर्थकहरुले “सन्दीप हाम्रो सान हुन , हामीलाई सन्दीप चाहियो” भन्दै नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले दर्शकलाई रोकेको थियो भने दुई जनालाई नियन्त्रणमा लिएको थियो।