काठमाडौं । यु-१९ कृकेट टिमका कप्तान देव खनालले वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड पाएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत खनाललाई वर्षका उत्कृष्ट युवा खेलाडीको अवार्ड प्रदान गरेको हो ।
देव खनालले मनोनयनको शीर्ष ३ मा परेका एथलेटिक्सकी राममाया बुढा र बक्सिङकफी सुष्मा तामाङलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।