२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३- २०२७) को साइकलका सिरिज आजदेखि शुरु हुदैछ ।

२०२७ मा हुने क्रिकेट विश्वकपमा छनौटको प्रक्रिया अन्तर्गत आजदेखि काठमाडौँमा पहिलो सिरिज हुदै छ ।

Vivo Y28
Daraz

आइसीसीले क्रिकेट विश्वकपमा छनौट हुन यस अघि (२०१९- २०२३) मा पनि यहि फर्म्याटमा प्रक्रिया शुरु गरेको थियो ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

क्रिकेट विश्वकप लिग-२ को २०२३- २०२७ साइकलको शुरुवात नेपालबाट हुदै छ । आजदेखि काठमाडौँमा नेपालसहित नामिबिया र नेदरल्याण्डसले त्रिकोणीय सिरिजको शुरुवात गर्दै छन् ।

आज पहिलो खेलमा नेपालको सामना नामिबियासँग टियु मैदानमा हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ९: १५ बजेदेखि हुदै छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि घोषणा गरेको टिममा दुई परिवर्तन गर्दै आफ्नो टिम बुधबार सार्बजनिक गरेको छ ।

क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका अनिल र देवलाई क्यानले लिग-२ खेल्ने टिममा समावेश गरेको हो । क्यानले रिजन ढकाल र अर्जुन साउदलाई बाहिर राखेर अनिल र देवलाई टिममा समावेश गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले लिग- २ मा अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा पनि टिममा फर्किने छन् ।
लिग-२ को सिरिज खेल्ने नेपाली टिम- रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ ।

खेल तालिका:
फागुन ३ गते विहिबार– नेपालविरुद्ध नामिबिया
फागुन ५ गते शनिबार- नेपालविरुद्ध नेदरल्यान्ड्स
फागुन ७ गते सोमबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार- नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।