काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आज जारी खेलमा नेपालले नामिबियालाई १६९ रनको लक्ष्य दिएको छ ।
नेपालले सबै विकेट गुमाएर ३७. १ ओभरमा १६८ रन बनाएको हो ।
नेपालका लागि आशिफ शेखले ५८ रन बनाए । कुशल मल्ल ३८, भीम शार्की २६, कुशल भुर्तेल १८, र करण केसीले १२ रन बनाए ।