काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय सिरिजको आजको खेलमा नेदरल्यान्डस विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै छ ।
नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेसँगै नेपलले पहिले ब्याटिङको निम्तो पाएको छ ।
आजको खेलमा नेपालले प्लेइङ ११ मा आरिफ शेख र गुल्शन झालाई ल्याएर देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखेको छ ।