२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले ‘बाहिनीपति कप प्रतियोगिता २०८०’ आयोजना गरेको छ । मंगलबार देखि आयोजना भएको प्रतियोगिता फागुन २५ गते सम्म चल्ने छ ।

संगठनको पेशागत गतिविधी चक्र अन्तर्गत आयोजना भएको बाहिनीपति कप प्रतियोगितामा फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र टेबल टेनिसका खेलहरु हुने सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकलीका प्रब्क्ता सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरीले जानकारी दिएका छन् ।

Vivo Y28
Daraz

खेलको उद्घाटन गर्दै  सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनी कुमार पोखरेलले उद्‌घाटन गर्दै फौजको व्यवसायिक क्षमता अभिबृद्धि, सामूहिक भावनाको विकास, युनिटप्रतिको वफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यवसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले पेशागत गतिविधी चक्र अन्तर्गत प्रतियोगिता संचालन गरिएको बताए ।

उक्त प्रतियोगितामा वाहिनी मातहत गण र गुल्महरुबाट विभिन्न ५ विधाका खेलहरुमा १२० जना भन्दा बढि खेलाडी सशस्त्र प्रहरी कर्मचारीहरुले प्रतिस्पर्धा गर्ने छन ।

आज भएको उद्घाटन खेलमा सशस्त्र प्रहरी बल नेपाल नं. १ गण हे. क्वा. ईलाम र सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हे. क्वा. त्रियुगा उदयपुरको फुटबल टिम बीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नं. ५ गण हे. क्वा. त्रियुगा उदयपुर टाब्रेकरमा ७-६ ले विजयी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।