काठमाडौं । विश्वकपको तयारी स्वरुप हङकङ जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीलाई बिदाइ गरेको हो । नेपाली टोली आज बिहीबार राति साढे ११ बजे हङकङ प्रस्थान गर्ने छ ।
त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ ।