२०८१ कार्तिक ३ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टर सुनसरी  र भारतिय समकक्षी एसएसबी ४५ बटालियन बिरपुर बिच मैत्रिपूर्ण भलिबल खेल दशगजामा सम्पन्न भएको छ ।

Vivo Y28
Daraz

सीमाबासीसँग सशस्त्र प्रहरी बल नेपाल कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टर सुनसरीले विविध गतिविधिहरु संचालन गर्दै आईरहेको छ ।

सोही क्रममा यस अघिनै सीमा पैदल यात्रा तथा अन्तर्क्रिया कार्यक्रम,संयुक्त सीमा गस्ति, सीमा स्तम्भहरुको मर्मत संभार तथा रंगरोगन कार्यक्रम संचालन भई सकेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल र समकक्षी भारतिय सुरक्षा निकाय एसएसबी सँग सुमधुर सम्बन्ध र भातृत्व भाव कायम रहोस भन्ने हेतुले मैत्रिपूर्ण भलिबल खेल आयोजना गरिएको हो ।
आज सुनसरी कोशी गाउँपालिका-६ यादब टोल स्थित नेपाल भारत सहायक सिमा स्तम्भ नं. २०२/१ WP ८१ नजिकै दशगजामा उक्त खेल सम्पन्न भएको हो । उक्त खेलमा भारतिय समकक्षी एसएसबी ४५ बटालियन ३-१ ले विजय भएको छ ।

उक्त खेलमा नेपालतर्फबाट सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य सहित सुरक्षा समितिका अन्य पदाधिकारीहरु, स्थानिय निकाय अन्तर्गत कोशी-६ का वडा अध्यक्ष तथा भारतर्फबाट जिल्ला सुपौलका सहायक जिल्ला अधिकारी निरज कुमार, एसएसबी ४५ बटालियनका कमाण्डेण्ट गौरभ सिंह, बिरपुर नगरपंचायतका वडा प्रमुखहरु, दुवै देशका पत्रकारहरु लगायत स्थानिय सीमाबासीहरुको समेत उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।