काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड वुल्भ्स सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोलिको घोषणा गरेको छ ।
नेपालले विश्वकप तयारी स्वरुप त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी-२० खेल खेल्नेछ। खेल सकिए लगत्तै नेपालले भारतमा टी-२० खेल खेल्ने तालिका छ।
सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी-२० र तीन एकदिवसीय खेल्ने तालिका छ।
नेपाली राष्ट्रिय टिम
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द।