काठमाडौँ । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुने छ ।
नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो ।
यो जितपछि आयरल्याण्ड वोल्भ्स सिरिजमा १-० ले अगाडी रहेको छ । त्यस्तै अब सिरिजको अन्तिम खेल आइतबार हुने तालिका रहेको छ ।