काठमाडौँ । आयरल्यान्ड वुल्भ्सले एक दिवसीय खेलमा नेपाल ‘ए’ लाई १७५ रनको लक्ष्य दिएको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको वुल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको हो ।
आजको खेलपछि शृङ्खलाको अन्तिम खेल आउँदो आइतबार हुनेछ ।