२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ ।

त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडियो सन्देश पठाएको बताएका हुन् । टी-२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ । 

Vivo Y28
Daraz

इस्लामिक स्टेट समर्थक मिडियाले धेरै देशहरूमा खेलकुद कार्यक्रमहरूमा हिंसाको धम्की दिएको छ । आईएस खोरासानको अफगानिस्तान-पाकिस्तान शाखाले प्रचार च्यानल नसीर-ए-पाकिस्तान मार्फत भिडियो सन्देश जारी गरेको छ । यसमा यी देशहरूमा भएका आक्रमणहरूलाई समर्थन गर्न समर्थकहरूलाई अपील गरिएको छ ।

क्रिकेट वेस्ट इन्डिजका सीईओ जोनी ग्रेभ्सले अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको र आयोजक देश र शहरहरू विश्व कपभरि निरन्तर निगरानीमा रहेर कुनै पनि सम्भावित खतराहरूको सामना गर्न तयार रहेको बताएका छन् ।

वेस्ट इन्डिजमा विश्वकपका खेलहरू एन्टिगुवा र बार्बुडा, बार्बाडोस, गुयाना, सेन्ट लुसिया, सेन्ट भिन्सेन्ट, ग्रेनाडाइन्स, ट्रिनिडाड र टोबागोमा हुनेछन् । अमेरिकामा फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा खेल हुनेछन् ।

रिपोर्टका अनुसार अमेरिकामा जारी विश्वकपका क्रममा आक्रमणको खतराबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।