२०८१ कार्तिक २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

Vivo Y28
Daraz

नेपाली टिम 

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तोष महत ।
डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी र योगेश गुरुङ ।
मिडफिल्डरः भरत खवास, लाखेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, बसन्त जिम्बा, फत्तेमान घले, रोहन कार्की र  सुमित श्रेष्ठ ।
फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, गिलेस्पे जंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट ।

नेपालले युएईसँग आगामी जुन ६ मा खेल्ने तालिका रहे पनि यो खेल कहाँ हुन्छ भन्ने बारे स्पष्ट रहेको छैन । नेपालमा हुनुपर्ने यो खेल दशरथ रंगशालाको भौतिक संरचना राम्रो नभएको भन्दै एसीसीले रंगशालामा खेल खेलाउन उपयुक्त नभएको रिपोर्ट दिएपछि अन्योलता बढेको हो । नेपालले यसअघि बहराइनविरुद्धको होम खेल बहराइनमै खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।