काठमाडौं । टी-२० विश्वकप वार्मअप खेलमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।
विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेलको सुची सार्वजनिक गरेको हो । आईसीसीले सार्वजनिक गरेको सुचीमा नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।
टी–२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन । चार समूहमा ५–५ टोली छन ।