२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । टी–२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सीजी फुड्स नेपाल लिमिटेडले ‘वाई वाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीजीले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नको लागि उक्त प्याकेट बजारमा ल्याएको जानकारी दिइयो ।
टी २० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकहरूका लागि वाइ वाइको नयाँ प्याकेट विशेष हुने अपेक्षासहित नयाँ प्याकेट बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थितीमा नेपाल क्रिकेट संघ(क्यान)का सचिव पारस खड्का र सीजी फुड्सका सिइओ प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर पनि गरेका छन् । सोही क्रममा क्यानका सचिव खड्काले प्राप्त रकमलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्ने बताए । उनले भने, ‘जतिपनि रकम प्राप्त हुन्छ त्यसलाई क्रिकेटकै कामको लागि प्रयोग गर्ने भनेर बोर्डबाट नै घोषणा गर्नेछांै । वाइ वाइले घोषणा गरेको रकम सम्पूर्ण नेपाली क्रिकेट टिममा नै आउनेछ । टिमको हौसला बढाउनुपर्छ भनेर पनि सम्झौता गरिएको हो ।’

साथै उनले क्रिकेटलाई सुधार गर्नको लागि क्यान निरन्तर लागि रहेको पनि बताए । विगत लामो समयदेखि पुरुष यू–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइ वाइले महिला यू–१९ टिमलाई समेत प्रायोजन वापत रू. ३० लाख तथा अन्य क्रिकेट गतिविधि संचालनका लागि रू.३० लाख गरि जम्मा रू. ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने जनाइएको छ ।

यसअघि वाइ वाइले विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा रु ३० लाख तथा मनोवल उच्च बनाउने उद्देश्यले प्रत्येक रन बापत रु. १ हजार, प्रत्येक चौका वापत रु.८ हजार, प्रत्येक छक्का बापत रु.१२ हजार, प्रत्येक विकेट बापत रु. १५ हजार, प्रत्येक अर्धशतक वापत रु. ५० हजार, प्रत्येक शतक वापत रु एक लाख र नेपाली टिमको प्रत्येक जितमा रू. १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।