२०८१ कार्तिक १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का ८ फ्रेन्चाइजीको मालिक बोलकबोलबाट तय गरेको छ ।

विहिबार भएको बिडिङमा नेपाल टी ट्वान्टी प्रालीले पोखराको फ्रेन्चाइजीका लागि सबैभन्दा बढी रकम खर्च गरेको छ ।‌ नेपाल टी ट्वान्टीले पोखरा टिमको स्वामित्व ३ करोड ५७ लाखमा किनेको हो ।

Vivo Y28
Daraz

त्यस्तै काठमाडौं फ्रेन्चाइजीका लागि कान्तिपुर पब्लिकेसनले दोस्रो धेरै ३ करोड ३३ लाख ३ हजार ३३९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै एनपिएलको अर्को टिम जनकपुरका लागि तेस्रो धेरै रकम खर्च गरिएको छ ।  फ्रेन्चाइजी जनकपुरका लागि ड्रिम स्पोर्ट्सले २ करोड ५ लाख खर्च गरेको छ ।

त्यस्तै चौथो धेरै रकम लुम्बिनी फ्रेन्चाइजीका लागि फोर्चुन हेल्थ केयरले एक करो ८६ लाख ४ सयमा किनेको छ ।  त्यस्तै पाँचौं धेरै रकम चितवन टिमका लागि चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ हजार १ हजार खर्च गरेको छ ।

त्यस्तै इम्पियर स्पोर्टसले सुदुरपश्चिमको फ्रेन्चाइजीको स्वामित्व १ करोड ६८ लाख ८८ हजार ८८८ मा किनेको छ । त्यसैगरी अर्को टिम विराटनगरको स्वामित्व भने एमएडी ड्रिम स्पोर्टसले १ करोड ५१ हजारमा किनेको छ । त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व भने हिमालयन बुल्डर्सले १ करोड ११ लाख ७० हजारमा किनेको क्यानले जानकारी दिएको छ ।

एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुने क्यानले यस अघि नै जानकारी दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।