काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लेजेन्ड्स लिग २०२४ नखेल्ने भएका छन । पुर्व कप्तान समेत रहेका खड्काले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने जानकारी दिएका छ्न । अहिले क्यान र प्रदेशको वार्षिक साधारण सभा तथा नेपाल प्रिमियर लिग (एनपीएल) मा व्यस्त रहेको उनले बताएका छ्न ।
लेजेन्ड्स शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको छ । अक्सनमा गुजरातले पारसलाई १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । पारस आबद्ध गुजरातमा वेस्ट इन्ण्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेष्ट इण्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता खेलाडि रहेका छ्न ।