काठमाडौँ । आगामी मंसिर १५ गते देखि पुस ७ सम्म आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)मा हेल्प डेक्स स्थापना गरिएको छ ।
एनपीएल व्यवस्थापन डेक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाइज लिग सञ्चालन तथा आयोजनासम्बन्धी कार्य गर्ने गरी डेक्स स्थापना गरिएको राखेप सदस्य–सचिव टंकलाल घिसिङले जानकरी दिएका छन ।