काठमाडौं । अछामको ढकारी गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको गाडी पल्टिएको छ । आज बिहान धनगढीबाट जाँदै गर्दा साँफेबगर नगरपालिका ४ स्थित सडकमा पल्टिएको हो ।
उक्त गाडी पल्टिँदा गाडी चालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएको प्रहरी ले जनाएको छ । गाडीमा सवार गाउँपालिका अध्यक्ष प्रकाश साउँदलाई भने चोट नलागेको छैन ।