काठमाडौं । नक्कली प्रहरी सहायक निरीक्षक बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१३ का ३८ वर्षीय अर्जुन थापा मगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनु भयो ।
थापाले आफु सादा पोशाकका प्रहरीको सई भएको भन्दै होटेलहरूमा ठगी गर्दै हिँडेको भन्ने सूचना प्रहरीले पाएको थियो ।
उक्त सूचना को आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान अगाडि बढाइएको काफ्लेले जानकारी दिएका छन् ।